कांग्रेसका कारण संविधान संशोधन भएन :मधेसी मोर्चा - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

कांग्रेसका कारण संविधान संशोधन भएन :मधेसी मोर्चा



२ असोज, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठबन्धनका नेताले नेपाली कांग्रेसका शीर्ष नेताको असहयोगका कारण प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अगावै संविधान संशोधन प्रस्ताव दर्ता हुन नसकेको आरोप लगाए ।

गठबन्धनमा आवद्ध दलका एक नेताले कांग्रेसका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाल लगायत नेताले संविधान संशोधन गर्न सक्रियता नदेखाएपछि सभापति शेरबहादुर देउवाले पनि चासो नलिएको बताएको आजका कारोबार दैनिकमा समाचार छ ।

संविधान संशोधन हुन नसकेको विषयलाई लिएर गठबन्धनमा असन्तसष्टिसमते बढ्न थालेको देखिएको छ ।

मोर्चाले प्रधानमन्त्री दाहालको प्रतिक्षा गरिरहेको  मोर्चा आवद्ध नेताले बताए ।