कविता मानन्धरले फिल्ममा डेब्यू गर्ने पक्का - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

कविता मानन्धरले फिल्ममा डेब्यू गर्ने पक्का



अभिनेत्री करिश्मा मानन्धरको दोस्रो पुस्ता अर्थात्, छोरी कविता मानन्धरले फिल्ममा डेब्यू गर्ने भएकी छिन् । करीब ३ दशकदेखि नेपाली फिल्ममा सक्रिय करिश्माले आफ्नी छोरीलाई अभिनेता शिव श्रेष्ठको निर्माण रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट डेब्यू गराउन लागेकी हुन् ।

आमा करिश्माका कारण कवितालाई फिल्ममा अगाडि बढ्न धेरै मुश्किल त नहोला तर आमा जस्तै सफल हुन भने उनको थोरै मिहिनेतले पुग्दैन । प्रतिस्पर्धाको बजारमा उनले आफूलाई फिट राख्न अभिनयमा राम्रै पसिना चुहाउनु पर्ने हुन्छ । यसमा उनी कति सफल हुनेछिन् त्यो भने हेर्न बाँकी छ ।

शिव श्रेष्ठले पहिलो पटक निर्माण गर्न लागेको ‘एउटा यस्तो प्रेम कहानी’ मा मल्टिस्टारर कलाकारहरुको अभिनय रहनेछ । हाल छायांकन भइरहेको यस फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, शिव श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहनेछ । यसको कथा शिव आफैंले लेखेका हुन् ।