आर्थिक पत्रिकामा के के छापियो आज - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

आर्थिक पत्रिकामा के के छापियो आज



हिमाल पोष्ट/ ६ मंसिर, काठमाडौं । राजधानीबाट प्रकाशित हुने आर्थिक पत्रपत्रिका एवं दैनिक पत्रिकाका आर्थिक पृष्ठमा सेयर बजार गिरावटको समाचारले प्राथमिकता पाएको छ ।

कारोबार दैनिकले सीसीडी अनुपात ७६.२८ रहेको समाचारलाई मुख्यताका साथ प्रकाशन गरेको छ । कारोबार दैनिकले सेयर बजारमा एकै दिन ५८ अंकको गिरावट भएको उल्लेख गरेको छ ।

त्यस्तै नेपाल चीन व्यापारबारे कारोबार दैनिकमा अर्को समाचार छ । शून्य भन्सार सुविधापछि निर्यात झन घटेको समाचारमा उल्लेख छ । चीनले नेपाली वस्तुलाई दिएको भन्सार छुटको सुविधा उपयोग गर्नबाट नेपाल चुकेको समाचारमा जनाइएको छ ।
चीनले ८ हजारभन्दा बढी बस्तुलाई भन्सार छुटको सुविधा दिएसँगै नेपालबाट निकासी बर्सेनी खुम्चँदै गएको समाचारमा जनाइएको छ ।

त्यस्तै अन्य दैनिक पत्रिकाका आर्थिक पृष्ठमा सेयर बजार घटेको समाचारले प्राथमिकता पाएका छन् ।

नागरिक दैनिकको आर्थिक पृष्ठमा सेयरमा सर्किट ब्रेकर शीर्षकमा समाचार प्रकाशन भएको छ । नागरिक दैनिकको आर्थिक पृष्ठमा मेहनत-पसिनाको करोडौं रुपैयाँ अलपत्र भन्दै भारु नोट प्रतिबन्धको असर बारेको समाचार प्रकाशन गरेको छ ।

अन्नपूर्णपोष्ट दैनिकमा सेयर बजारमा पहिरो शीर्षकमा यससम्बन्धी समाचार छापिएको छ । अन्नपूर्णको आर्थिक पृष्ठमा दु्रत मार्ग नेपालले नै बनाउने र विमानस्थलको ढाँचा तयार पार्न निर्देशन शीर्षकका समाचारहरु छापिएका छन् ।

त्यस्तै आजको आर्थिक राष्ट्रिय दैनिकमा काठमाडौं तराई द्रुतमार्ग आफैं निर्माण गर्न वर्तमान सरकार तयार रहेको समाचार प्रकाशित छ । त्यस्तै फाइनान्सहरुले घरजग्गा कर्जा बढाएको समाचार आर्थिक दैनिकमा प्रकाशन भएको छ ।