अमेरिकामा आठ सय बढी आप्रवासीलाई भूलबस नागरिकता - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

अमेरिकामा आठ सय बढी आप्रवासीलाई भूलबस नागरिकता



वासिङ्टन (अमेरिका), ३ असोज । अमेरिकी प्रशासनले कम्तिमा ८५८ जना विदेशीलाई ‘भूलबस’ नागरिकता प्रदान गरिन पुगेको सोमबार अमेरिकी होमल्यान्ड सेकुरिटी परीक्षणले बताएकोे छ ।

यसरी अमेरिकी नागरिकता प्राप्त गर्ने केही विदेशीमा सम्बन्धित देशबाट सुरक्षाका कारण वा छलकपट गरी आप्रवासी शरणार्थीको रुपमा अमेरिकामा बसोबास गर्दै आएका मानिसहरुसमेत परेको बताइएको छ ।

यसरी अमेरिकी नागरिकता प्राप्त गर्ने विदेशीहरुको नाम नखुलाए पनि इन्सपेक्टर जनरल रोथका संपरीक्षकहरुले यस्ता विदेशीहरु अमेरिकाको सुरक्षाका लागि चुनौती हुने गरेका बताएका छन् ।

उनीहरु कुन मुलुकबाट अमेरिका प्रवेश गरेका भन्ने सम्बन्धमा भने गोप्य राखिएको छ ।