अन्तराष्ट्रीय बिमानस्थलको अवस्था , पिसाब बगिरहेछ बाहिर - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

अन्तराष्ट्रीय बिमानस्थलको अवस्था , पिसाब बगिरहेछ बाहिर



किङ खनाल,

काठमाण्डौ नेपालको एकमात्र त्रीभुवन अन्तराष्ट्रीय बिमानस्थल को हालत देख्दा वाक्क नलाग्ने नेपाली कमै होलान, फोहर ट्वाइलेट, अब्यबस्थित पार्किङ, फितलो ब्यबस्थापन, कहिले भैंसी पसेर तान्डब गर्ने, कहिले जनाबर मरेर डेढ घण्टा बन्द हुने दिनहु जसो केही न केही भैरहने, समाचार बनीरहने तर पनि सुधार मा कुनै पहल नहुने यो गजबको स्थल। आज हामी बिमानस्थल पुग्दा अर्को बेहाल देखियो यात्रुहरु बाहिर निस्कने बाटोमा ट्वाइलेटको ढल फुटेर दुर्गन्धित बनिरहेको। यात्रुहरु नाक छोप्दै, परपर हेर्दै हिन्दै थिए, हेरेर मात्र हुदैन केही खबरदारी गरौँ भनेर फुटेज पनि खिच्यौँ र खबर बनायौँ, जहाँ फोहर बाहिर निस्केर दुर्गन्धित भैरहेको छ। भिडियो मा प्रस्ट देख्न सकिन्छ ट्वाइलेट बाहिर निस्केर अर्को ठाउँमा जम्मा भैरहेको छ, के यो लाचारी को पराकाष्ट होइन? के यो उदेकलाग्दो दृश्य होइन? जहाँ लाखौँ यात्रु आवत जावत गर्छन। हामी त भनौँला यो नेपाल हो यस्ता घटना सामान्य हुन तर, बाहिर बाट आउने पाहुनाहरु नेपाल प्रबेश गर्दा के कल्पना गर्लान यो दृश्यले? पहिलो गाँसमै ढुङ्गा भनेझै, प्रबेश स्थल मै यो बेहाल?

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस