अञ्चलअस्पतालको लागि साथ हामी दिन्छौं भन्दै उर्लियो जनमास …
लुम्बिनी अञ्चल अस्पताललाई “लुम्बिनी स्वास्थ्य बिज्ञान प्रतिष्ठान (सरकारी मेडिकल कलेज)” बनाऔ भन्ने अभियान आज अर्घाखाँची जिल्लाका बिभिन्न ठाँउमा उल्लेख्य जनताको सहभागितामा सन्चालन गरिएको छ।
नेपाल विद्धार्थी संघका युवा नेता मुक्तिराज पौडेलको यो अभियान मिति २०७३ असार १४ गतेदेखि शुरु भएको नागरिक स्तरको स्थानिय बहस जुन आज जताततै फैलिएको छ,त्यसैको पछिल्लो प्रभाब आज अर्घाखाँची जिल्लाका जनताबाट देखिएको सकृय उत्साहजनक सहभागिताले पनि स्पष्ट पारेको छ।
बुटवलवाट लेखनाथ पराजुलीसहितको टोलि अहिले यो अभियानमा अर्घाखाँचीका बिभिन्न ठाँउमा जनताको रायसल्लाहमा जुटेको अभियानका एक सदस्य तथा अर्घाखाँची केरुगांका शिक्षक सुशिल खनालले जानकारी गराएका छन्। “यो एक अभियान हो । अभियानमा तमाम युवा नागरिक साथीहरुको सहभागिता छ । यसमा तमाम बुद्धिजिवि जसले यो समाजको यर्थाथ बुझेर केही गरौ भन्ने धारणा राखेका छन । उहाहरुको समावेश भएको छ तर यसलाई कतिपय मानिसहरुले मेरो नीजि मुद्धा जस्तो सस्तो मुल्याकन गर्दा कताकता मुटु दुख्छ । तर पनि म हार खानेवाला छैन किनकी तमाम साथीहरु मेरो साथमा हुनुहुन्छ “। जसले आजसम्म आफनो ब्यापार ब्यावसायलाई समेत छोडेर यो अभियानमा अहोरात्र खटिनु परिक्षा छोडेर दिनभरि हस्ताक्षर अभियानमा जुट्नु भएको छ ।
बुटवल बाहिर विभिन्न २५ स्थानमा हस्ताक्षर अभियान स्वतस्फुर्त चलेको छ । विभिन्न सामाजिक संघसंस्थाहरुबाट अबिरल रुपमा समर्थन र ऐकबद्धता प्राप्त भईरहेको छ । उहाहरुप्रति यो अभियान अभिनन्दन अपर्ण गर्दछ । किन लुम्बिनी अञ्चल अस्पताललाई नै लुम्बिनी स्वस्थ्य विज्ञान प्रतिष्ठान अर्थात सरकारी मेडिकल कलेज बनाउनु उपयुक्त छ । लुम्बिनी क्षेत्र विश्वमा शान्तिका मुहारका रुपमा परिचय बनाएको छ । बुटवल लुम्बिनीको एक गौरवमय ईतिहास बोकेको नेपालको मध्यभागमा रहेको नगर हो, यहाको अवस्थितीले ६० लाख बढि जनसंख्यालाई प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव पारेको छ । हाल संचालित लुम्बिनी अञ्चल अस्पतालले यस संख्याको जम्मा १० प्रतिशत विरामीलाई मात्र सामान्य स्वस्थ्य सेवा प्रदान गर्दै आएको छ भने नीजि स्तरका स्वस्थ्य संस्थाले त्यस्तै १० प्रतिशत बिरामीहरुको सम्बोधन अर्थात सेवा प्रदान गर्न सफल भएका छन ।
संख्यात्मक हिसाबले झण्डै यो संख्या ६ लाखमात्र हो । तर दुख र बिडम्बनाको कुरा के छ भने ८० प्रतिशत वास्तविक बिरामीहरु लुम्बिनीभन्दा बाहिर जान बाध्य छन । यहा जनशक्ति दक्ष छन तर आधुनिक उपकरण छैन, सुरक्षाको उचित ब्यवस्था छैन । जसले गर्दा तमाम नेपाली गरिब बिरामीहरुले अन्यत्र गएर उपचार गर्न सक्दैनन अनि उनिहरु ऋकालमा मृत्युको सामना गर्न बाध्य हुनुपर्दछ ।
एउटा गरिब मान्छे दुघटर्नामा परेर टाउकोमा रगत जमेको छ भने उसलाई यहा उपचार हुन सक्तैन । उसलाई अन्यत्र पठाउनुपर्दछ । उसले आर्थिक रुपमा सामान्य एम्बुलेन्सको रकम पनि तिर्न सक्तैन । जसको कारणले उसले आफनो अमुल्य जीवन अस्पतालको पेटीमा गुमाउनु परेका बाध्यात्मक ईतिहास कति छन कति एक पटक तयो विरामीको परिवारको सदस्य बनेर सोचौ यसबाट पनि थप स्पष्ट हुनेछ भन्दै हिमाल पोस्टलाई लेखनाथ पराजुलीले बताउनु भएको छ ।