अर्घाखाँचीमा बन्दको पुर्ण प्रभाव,बन्दकर्ताहरुले गरे सरसफाइ - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

अर्घाखाँचीमा बन्दको पुर्ण प्रभाव,बन्दकर्ताहरुले गरे सरसफाइ



 

घनश्याम पौडेल

अर्घाखाँची, २८ कात्तिक

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण अर्घाखाँचीको जनजीवन  प्रभावित भएको छ । विहानै देखि सञ्चालन हुने सन्धिखर्क बजारका पसलहरु पुर्ण रुपमा बन्द भएका छन ।

अर्घाखाँचीमा पनी वन्दको पुर्ण प्रभाव परेको छ । बन्दकर्ताहरु बिहानैदेखी सदरमुकाम सन्धिखर्कका सड्कमा निस्केर बन्द गराउदै हिडेपछी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क लगाएत ग्रामिण बजारहरु पनि बन्दभएका छन, भने बिहानैदेखी गाउँबाट आउने गाडि र सन्धिखर्कबाट बुटवल, काठमाण्डौ जाने गाडि बन्दमा जान नपाएपछी यात्रुहरु मर्कामा परेका छन ।

सधै भिडभाड हुने सन्धिखर्कको मुख्य चोक शान्ती वगैचा पनी आज बन्दको कारणले सुनसान भएको छ । बन्दका कारण एम्बुलेन्स, सुरक्षा, प्रेस, दुधका गाडिहरु मात्र सञ्चालनमा आएका छन ।

बन्दकर्ताहरुले सृजनशिल काम गरे

बन्दकर्ताहरुले नेपाल बन्दका दिन सन्धिखर्कको शान्ति बगैंचामा सरसफाइ गरेका छन । बिहान देखि अनुशासित रुपमा पार्टीको झन्डा सहित बजारका विभिन्न स्थानमा हिडिरहेका पार्टीका कार्यकर्ताले शान्ति बगैंचामा रहेको चौपारी नजिकै भएको फोहोर लाई बढारेर सरसफाइ गरेका छन ।

तस्विरमा ः सरसफाई गर्दै बन्दकर्ताहरु÷कारोवार