स्थानीय निकायको चुनाव गर्नुपर्ने देउवाको धारणा - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

स्थानीय निकायको चुनाव गर्नुपर्ने देउवाको धारणा



काठमाडौँ, भाद्र ६ । कांग्रेस सभापति शेरबहादुर देउवाले जुनसुकै हालतमा पनि स्थानीय निकायको चुनाव गर्नुपर्ने बताएका छन् ।

काठमाडौंको आनन्द इभेन्टमा (५—६) दुई दिनसम्म चलेको जिल्ला सभापतिहरुको भेला सोमबार समापन गर्दै देउवाले सो कुरा बताएका हुन् । उनले स्थानीय चुनावको विकल्प नभएको भन्दै दलहरुबीच स्थानीय निकायको चुनावमा जसरीपनि सहमति हुनैपर्ने बताए ।

देउवाले अहिलेकै संरचना वा पुनर्संरचना गरेपछि स्थानीय निकायको चुनाव गर्ने भन्ने प्रष्ट भने पारेनन् । ‘पुनर्संरचना आयोगको टिओआर पनि मान्छेले बनाएको हो,’ आयोगको प्रस्तावबारे असहमति राख्दै भने, ‘त्यसलाई परिवर्तन गर्न सकिन्छ र नयाँ तरिका पछ्याउन सकिन्छ ।’

कार्यक्रममा उनले मधेसवादी दलहरुको उचित माग पूरा गर्न संविधान संशोधन आवश्यक रहेको बताउँदै त्यसमा सबै दलहरुको सहमति हुनुपर्ने बताएका थिए ।