सिद्धार्थ यातायतको दादागिरी यसरि लुट्छ यात्रुलाई दिनहु - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

सिद्धार्थ यातायतको दादागिरी यसरि लुट्छ यात्रुलाई दिनहु



अहिले बजार मा डिलक्स गाडी को निकै चहलपहल छ, र यो फेसन पनि बनेको छ, डिलक्स भन्ने बित्तिकै सुविधा सम्पन्न गाडी भन्ने बुजिन्छ र यात्रु पनि सुविधा कै लागि यो गाडीमा सयर गर्छन्, यसमा पानी र खाजा को व्यवस्था, वाइफाइ, ठुलो स्क्रीन को एल सी डी, कम्फर्टेबल सिट, आतिथ्य सत्कार, नम्र भाषा को प्रयोग लगायत थुप्रै कुराहरू हुनु पर्छ। अझ विदेशी मापदन्ड अनुसार डीलक्स गाडी को मापदन्ड फरक छ, विभिन्न कम्पनी ले डिलक्स गाडी ठुलो सङ्ख्यामा सन्चालन गरिरहेका छन् त्यो मध्य एक हो रुपन्देही अवस्थित सिद्धार्थ यातायत।

गर्मी अत्यधिक भएको कारणले AC गाडीमा काठमाडौ जाने निधो भो र पत्रकारिता गर्ने भएको ले अनलाइनमा काम भैरहने वाइफाइ भएको गाडीमा सजिलो हुने , टिकट लिइयो बुटवल बाट ८७५/- भैरहवा बाट ९२५ रुपियाँ रहेछ टिकट को रेट। नर्मल गाडीको ४६० भाडा छ, बुटवल को चौरहा यस्तो ठाँउ हो गाडीमा बार्गेनिङ गरेर ३०० रुपैयाँ सम्म यात्रु चड्छन, बार्गेनिङ गर्नकै लागि चोक मा बस्छन बसपार्क मा मान्छे एकदमै कम जान्छन।

८७६७ नम्बरको सिद्धार्थ यातायातको AC गाडी चडियो, सिट राम्रै थ्यो, टि भी को आधी स्क्रीन बिग्रेको थ्यो, वाइफाइ को राउटर अन थ्यो। गाडी चलेपछी स्टाफ ले पानी को बोत्तल सबैलाई बांडे, मैले वाइफाइ को पासवर्ड मागेँ mountain हो भनेर बताए कनेक्ट पनि भयो, तर वाइफाइ चलेन, मैले सोधेँ उनले बहाना बनाए फेरि सोधेँ फेरि बहाना बनाए, अन्य यात्रु ले पनि पनि सोधे तर जवाफ मा बहाना मात्र थ्यो, त्यो त राउटर मात्र कनेक्ट हुँदो रहेछ वाइफाइ को पैसा नतिरेर काटेको निधो गर्‍यौँ हामी।

कर्मचारीको बोल्ने शैली पनि राम्रो थिएन, लगभग १ घण्टा पछि TV र AC बन्द गरियो, यात्रुहरुले सोधपुछ त गरे तर कर्मचारीले गाडी मा केही खराबी भएको बताए, यसरी AC गाडीमा बुटवल देखि काठमाडौ सम्म नर्मल भन्दा कमसल यात्रा गरियो किनकि नर्मल गाडीमा पनि TV को चैँ राम्रो प्रबन्ध हुन्छ।

यहाँ धेरै प्रकार का सवाल छन् # के सिद्धार्थ यातायात को धन्दा यही हो ? # के सबै डिलक्स गाडीले यात्रुलाइ यसै गरी लुट्छन ? # के यात्रु लाई ब्यबसाइ ले सधैँ बेवकूफ सम्झिन्छन ? # के यो पारा ले यातायात ब्यबसाइ र डिलक्स गाडी को इज्जत रहला ? # के झन्डै डबल भाडा लिएर पैसा कमाउने ध्याउन्न मात्र हो ? # के यो तरिकाले व्यावसायिक धर्म निर्वाह भयो? # के एउटा पानी को बोत्तल को पैसा झन्डै ४०० हो ? # के सर्वसाधारण सधैँ यसै गरी ठगिनुपर्ने हो ? यी प्रतिनिधि प्रश्न मात्र हुन अब रियालिटी हेरौँ:- सामन्य गाडी को भाडा ४६० छ डिलक्स को ८७५, जम्मा ४१५ रुपैयाँ बढी लिन्छन, सिट सङ्ख्या ३३ हुन्छ, ४१५ को दरले ३३ जना को १३६९५ रुपैयाँ हुन्छ, सुविधा नदिने हो भने भाडा मा किन यत्रो अन्तर? यी र यस्ता आवाज कसले उठाउने? सम्बन्धित निकायको आँखा कहिले पर्ने? हामीले यस्ता सास्ती कहिले सम्म बेहोर्ने? यो प्रतिनिधि घटना हो, यस्ता लुट देशका कुना कुना मा भैरहेका छन्, थुप्रै डिलक्स गाडी यहाँ दिनहुुँ गुड्छन, के यसै गरी सबैले ठगी गरिरहेका त छैनन्? यो प्रबृती को ठगी कहिले सम्म?