साईकल बेचेर सांसद
गत वैशाखमा मध्यविन्दु नगरपालिका ७ मा वडा सदस्य निर्वाचित लक्ष्मी सुनारले सांसद् नै हुँला भनेर कल्पनासम्म गरेकी थिईनन् ।
वडामा जित्दा दंग परेकी थिईन् । अलिहे प्रदेश सांसद हुँदा खुसीको सीमा नै छैन ।
‘पार्टीमा काम गर्दै गएपछि एक दिन अवश्य मुल्यांकन हुँदोरहेछ’, उनले भनिन् ।
सदस्यमा निर्वाचित भएपछि उनले काम गर्ने तौरतारिका सिकिरहेकी थिईन् ।
वडामा सभा सम्मेलनको निम्तो आउँदा उपस्थित हुन्थिन् ।
यही मेसोमा प्रतिनिधि तथा प्रदेशसभा चुनाव आयो ।
एमालेले समानुपातिकमा दलित महिला उम्मेदवार खोज्न थाल्यो ।
सल्लाहमै उनले वडा सदस्यबाट राजीनामा दिईनन् उम्मेदवार बनिन् ।
एमाले जिल्ला संगठन कमिटी सदस्यसमेत रहेकी लक्ष्मीको साईकल पसल छ ।, आजकोकान्तिपुरमा यो खबर छ ।