संविधान संशोधन नभए देशै टुक्र्याउने कांग्रेस सांसदको चेतावनी - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

संविधान संशोधन नभए देशै टुक्र्याउने कांग्रेस सांसदको चेतावनी



फरमुल्ला मन्सुरले भने-पाकिस्तानबाट बंगलादेश टुक्रिएजस्तै टुक्रन सक्छ नेपाल

२ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका एकजना प्रभावशाली केन्द्रीय सदस्य तथा सांसदले संविधान संशोधन गरेर मधेसी, मुस्लिम र थारुका माग सम्बोधन नभए नेपालको हालत पाकिस्तानबाट बंगलादेश टुक्रिएजस्तै हुने चेतावनी दिएका छन् ।

Farmullah-Mansurव्यवस्थापिका संसदको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस नेता फरमुल्लाह मन्सुरले भने- पाकिस्तानमा सत्तरीको दशकमा यसै गरी पूर्वी पाकिस्तानका मुस्मिले आफ्नो शासन आफैं चलाउने अधिकार माग्दा राज्यले नदिएपछि पूर्वी पाकिस्तान फुटेर बंगलादेश बनेको स्मरण गराउन चाहान्छु ।

संविधान संशोधन नभई कुनै पनि तहको निर्वाचन हुन नसक्ने भन्दै मन्सुरले आफूहरुले असहमति राखेर संविधानसभामा मतदान गरेको बताए ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले ९० प्रतिशतले जारी गरेको संविधान १० प्रतिशतले मान्दिन भन्दैमा बिना औचित्य संशोधन हुँदैन भनेकोतर्फ संकेत गर्दै उनले यसो भनिएमा देश टुक्रिन सक्ने उदाहरण दिएका हुन् ।

उनले भने- ९० प्रतिशतले संविधान जारी गरेको भन्नेहरुलाई म स्मरण गराउन चाहान्छु कि, हामीले त्यसबेला रिजर्भेशन राखेर मतदान गरेका हौं, तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रोष्टममा उभिएर मधेसी, थारु र मुस्लिमको माग बमोजिम संसदको पहिलो बैठकले संविधान शंसोधन गर्छ भन्नुभएपछि हामी मानेका थियौं ।

सीमांकन पुनरावलोकनको माग राख्दा राष्ट्रियताको कुरा उठाइएको भन्दै मन्सुरले अब काठमाडौंबाट मधेस शासित नहुने बताए ।

Source : Onlinekhabar.com