श्रीमान विदेशमा कमाउदै , श्रीमती अर्कै संग रमाउदै ...... - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

श्रीमान विदेशमा कमाउदै , श्रीमती अर्कै संग रमाउदै ……



साउन  लाग्न  नपाउदै बजारमा तीज गीतहरु प्रसस्त मात्रामा आउन थालेका छन |एकातिर  गीत संगीतमा बिकृति पनि मौलाउदै गएको छ |गीतसंगीतको नाउमा नाङ्गो नाच देखाउने प्रविर्दी पनि प्रसस्त मात्रामा देख्न  सकिन्छ |

गाउमा ऋण धन खोजेर घरबारी बन्दकी राखेर परिवार को सफल भबिस्य को खोजिमा आफ्नी श्रीमती छोरा छोरि सहरमामा राखी बिरानो मुलुकामा   कामको खोजि गर्दै   परदेशीएका छन श्रीमान तर एता श्रीमती भने  अर्कै केटा संग पल्किएर श्रीमानले  कमाएको सबै मोज मस्तीमा उडाएको नेपाली समाजको  यथार्थ कुरा हो |यस्तै  बर्तमान परिवेसलाई  समेटेर गीत माध्यमबाट सचेत बनाउने मनासाए  बोकेर गायक नवराज  पाण्डेले तेरी स्वास्नी पोईल  गै नामक गीत भर्खरै युटुब मार्फत सार्वजनिक गरेका छन् |

पछिल्लो समयमा  भैसी साटेझै बुढी साट्न पाउने भए भन्ने गीत बाट आपार सफता पाएका नवराज  उक्त गीतबाट पनि आशा गरेको बताउछन |नवराज कै लय सब्दमा तयार भएको उक्त गीतमा आवाजमा  साथ भने निरु गुरुङले दिएकी छिन |युनिक मुभिजले बजारमा ल्याएको उक्त गीतमा निर्देशन बिजय पोख्रेलले गरेपनि अभिनय भने  नवराज ,बिमली ,बिबेक र सुसिलाले गरेका छन् |