वाणगङ्गा नदीले बगाउँदा दुईको मृत्यु - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

वाणगङ्गा नदीले बगाउँदा दुईको मृत्यु



कपिलवस्तु, असोज ८ गते । वाणगङ्गा नदीमा गए राति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्युृ हुनेमा वाणगङ्गा नगरपालिका–१४ मधुवनका ४५ वर्षीय भीम अर्याल र उनकी भाउज्यू ५९ वर्षीया लीला जिसी भएको प्रहरीले जनाएको छ । लीलाका नाति नौ वर्षीय सुशील भने बाँच्न सफल भएका छन् । वाणगङ्गा–१० झङ्गामा आफन्तलाई भेटेर घर फर्कदै गर्दा उनीहरुलाई बाढीले बगाएको थियो । रासस