रोज राणामाथि आक्रमण गर्ने पक्राउ,चरी समूहका सदस्य भएको खुलाशा - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

रोज राणामाथि आक्रमण गर्ने पक्राउ,चरी समूहका सदस्य भएको खुलाशा



काठमाडौं, १ भदौ ।  डनको पृष्ठभुमी भएका फिल्म निर्माता रोज राणामाथि आक्रमण गर्ने २  युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले मोटे भनिने विवेचन प्रजापति  तथा कटुञ्जे भन्ने धादिङका सुर्य लामालाई पक्राउ गरेको हो । उनीहरु चरी समूहका सदस्य भएको खुलेको छ ।

चरीको समूहमा रहेका जोधा भन्ने रत्न बहादुर लामाले राणामाथि आक्रमण गर्न लगाएको अपराध महाशाखाका एसपी सहकुल थापाले बताए । विगतका कारोबारमा राणाले धोका दिएकाले उनीमाथि आक्रमण भएको महाशाखाले जनाएको छ ।

महाशाखाको विज्ञप्तीमा भनिएको छ

विगतको बिभिन्न कारोवार र गुण्डागर्दीबाट हुने फाइदा लिने, खाने क्रममारोज राणा भन्ने सरोज थापाले धोका दिएको, छलछाम गरेको भनि पुरानो रिसिईवी लिईकाभ्रे स्थायी घर भई का.जि.नयाँबजार बस्ने हाल फरार रही लुकिछिपी वसेका गुण्डाका नाईके’जोधा’ भन्ने रत्न बहादुर लामाले सरोज थापालाई आक्रमण गर्ने योजना वनाई आफ्नो समूहकाविवेचन प्रजापतिलाई ३ महिना पहिला भारतको सिलगुडीमा बोलाई आक्रमणको योजना बनाई तत्काल पेश्की स्वरुप विवेचनलाई भा.रू. ५० हजार दिएको खुलेको । करिव तीन हप्ता पहिलाभारतबाट  निज जोधा भन्ने नेपाल आई विवेचनको घरमागई सरोज थापालाई आक्रमण गरी अङ्ग-भङ्ग तुल्याउन थप ३० हजार दिएको र काम सम्पन्न भए पश्चातरु.३० लाख दिने र भविष्यमा समेत सहयोग गर्ने प्रलोभन समेत दिएको वुझिएको ।सोही योजना बमोजिम विवेचनले मिति २०७३।०४।३१ गते विहान सूर्य लामालाई मोटरसाईकल चलाउन लगाई घरमा रहेको खुकुरी झोलामा हाली सूर्य लामा र विवेचन सोही दिन बागबजार, दरबारमार्ग, नक्साल हुदै सरोज थापाको पिछा गरेका,आक्रमण गर्न नसके पश्चात अन्तिममा साँझ करिव ६.४५ बजे बानेश्वरको सेन्टर क्याफे अगाडी गई विवचनले एक्कासी खुकुरीले प्रहार गरेको र तत्पश्चात सूर्यले मोटरसाईकल चलाई  फरार भएको हाल सम्मको अनुसन्धानबाट खुल्न आएको ।