राष्ट्रपति मुखर्जीको सम्मानमा पुष्पकमल दाहालको रात्रिभोज - Himal Post Himal Post
  • १७ आश्विन २०८०, बुधबार
  •      Wed Oct 4 2023
Logo

राष्ट्रपति मुखर्जीको सम्मानमा पुष्पकमल दाहालको रात्रिभोज



काठमाडौँ, १९ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहालले रात्रिभोजको आयोजना गर्नुभयो ।

राजधानीको द्वारिका होटलमा आयोजना गरिएको रात्रिभोजमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की, मुख्यसचिव डा सोमलाल सुवेदीलगायत उपस्थित हुनुहुन्थ्यो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले राष्ट्रपति मुखर्जीलाई स्वागत गर्नुभएको थियो । रात्रिभोजमा भारतका तर्फबाट राष्ट्रपति मुखर्जीको भ्रमण टोलीका उच्च अधिकारीहरु, भारतका लागि नेपालका राजदूत रणजित रायलगायतको उपस्थिति थियो । रासस