राष्ट्रपतिद्वारा ‘नवतन धाम’ को दर्शन - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

राष्ट्रपतिद्वारा ‘नवतन धाम’ को दर्शन



president
काठमाडौँ, ९ भदौ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज कागेश्वरी मनहरा नगरपालिका–११ स्थित ‘नवतन धाम’ दर्शन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीलाई धामका पीठाधीश गाधिपति अमृतराजजी महाराज, सांसद रामेश्वर फुयाँल, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका अध्यक्ष मदनकृष्ण श्रेष्ठ लगायत समितिका पदाधिकारी र स्थानीय बासिन्दाले धाम परिसरमा स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी धामको श्रीकृष्ण मन्दिरको आरतीमा समेत सहभागी हुनुभयो । सो अवसरमा प्रस्तुत गरिएको डडिया नृत्यको राष्ट्रपतिले अवलोकन गर्नुभयो । श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज एक लाख भक्तजनले धाममा पूजाआजा एवम् दर्शन गरेको समितिले जनाएको छ । रासस