राष्ट्रपतिद्धारा छठ पर्वको शुभकामना - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

राष्ट्रपतिद्धारा छठ पर्वको शुभकामना



काठमाडौँ, कात्तिक २१ गते ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सूर्य देवता र छठ माताको पूजा आराधाना गरी मनाइने पर्व छठको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले दिनुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरञ्जनका माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले यस्ता पर्वले खुसी एवं मनोरञ्जन साटासाट गर्ने अवसर जुटाइ राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा महìवपूर्ण योगदान पु¥याएका छन् भन्नुभएको छ ।  राष्ट्रपति भण्डारीले छठ पर्वले हामी सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै नेपालको संविधानको सफल कार्यान्वयन गर्ने दिशामा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
यसैगरी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छठ पर्वको अवसरमा दिनुभएको शुभकामना सन्देशमा यी चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको बताउनुभएको छ ।
सभापति देउवाको शुभकामनामा भनिएको छ, ‘‘छठजस्तो पवित्र धार्मिक पर्वले देश र जनताप्रतिको यो जिम्मेवारी बहन गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्छु र अति श्रद्धाका साथ मनाइने यो पर्वमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । ’’
उहाँले संविधानको कार्यान्वयनका लागि सबै आआफ्नो क्षेत्रबाट इमानदार रहनु पर्दछ भन्दै नेपाललाई शान्त र समुन्नत नेपालमा रूपान्तरण गर्न प्रत्येक नेपालीको काँधमा थप जिम्मेवारी आएको बताउनुभएको छ ।  यस्तै, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छठ पर्वको अवसरमा समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।  उहाँले सूर्यको उपासना गरी मनाइने छठ पर्वले नेपालीबीचको धार्मिक सहिष्णुता, सामाजिक एकता र दिगो सम्बन्ध कायम गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले भन्नुभएको छ, “सबै पर्व हाम्रा अमूल्य सांस्कृतिक पहिचान र गहना हुन्, यस्ता पर्वले हरेक जात, धर्म, क्षेत्र र समुदायका नेपालीलाई एकताको सूत्रमा बाँध्ने प्रेरणा दिनेछ । ” अध्यक्ष ओलीले संविधानले समानताका हकलाई भरपर्दो गरी प्रत्याभूत गरिसकेको अवस्थामा हामीबीचको एकतालाई अझ सुदृढ गर्ने अवसर यस पर्वले दिने विश्वास गर्नुभएको छ ।