राज्य कोषको दुरुपयोग नहोस भन्दै यसो गर्यो एम.आर.आरले आज बुटवलमा ......(फोटो फिचर) - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

राज्य कोषको दुरुपयोग नहोस भन्दै यसो गर्यो एम.आर.आरले आज बुटवलमा ……(फोटो फिचर)



मनोज ज्ञवाली / हिमाल पोष्ट, बुटवल
समय समयमा विभिन्न पदमा रहेका नेताहरुको उपचारको लागि राज्यकोषबाट करोडौं रकम उपलब्ध गराउदै आएको नेपाल सरकारले हालचालै स्तन क्यान्सरपिडित नेपाली काङ्ग्रेसकि नेत्री सुजाता कोइरालालाई उपचारका लागि ५० लाख उपलब्ध गराउने निर्णय गरे लगत्तै त्यसको विरोध स्वरु १ रुपैया दान गर्ने अभियान सञ्चालन भएको छ ।15178227_1817236501895474_1885515260264456584_n

आफ्नो आर्थिक स्तरले नेपालमै उपचार सम्भव हुदाहुदै पनि विदेशमा गएर ठूलो धनराशि खर्च गरेर राज्यकोषको दुरुपयोग गरिएको भन्दै एक रुपैया दान गर्ने अभियान सञ्चालन भएको हो ।15107197_1817236168562174_3682173473022737055_n

विरोध रुवरुप बुटवलमा पनि सामाजिक संजाल फेसबुकमा एकजुट भएका युवाहरुको समूह एमआरआरको आयोजनामा रु।१ दान गर्ने कार्यक्रम सम्पन्न गरेका छ ।15135804_1817238901895234_2191403598225220084_n

एमआराआरले एक व्याक्तिबाट एक रुपैँया संकलन गर्दै रचनात्मक दवाव अभियान सुरु गरेको हो ।15192773_1817238485228609_2296030445117941854_n
बुटबलको पुस्पलालपार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा सयौको संख्यामा त्यहाँ आवतजावत गर्ने मानिसहरुले एक एक रुपैयाँ सहयोग गरेका थिए ।उक्त कार्यक्रम प्रती धेरैले समर्थन रहेको र एक रुपैयाँ दान दिने मानिसहरु बढेको कार्यक्रमका संयोजक सोभित खनालले बताउनु भयो ।15135821_1817240688561722_8943325612560543127_n

यस्तै उहाँले भिआइपिका नाममा राज्यको ढुकुटी लुट्ने काम अत्य हुँनुपर्ने र साथै देशभरबाट यसै गरि दवाव सृजना गर्ने हो भने उपचारका नाममा कसैले पनि देशको ढुकुटी सिध्याउने आँट गर्न नसक्ने कुरामा जोड दिनुभयो ।

यसरी सामाजिक संजालको ग्रुप एमआरआरले संकलन गरेको उक्त रकम मंगलबार जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा बुझाउने कार्यक्रम रहेको छ ।।