युवाहरुका ढुकढुकी डिजे संजोग ! - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

युवाहरुका ढुकढुकी डिजे संजोग !



दिपक घिमिरे

पश्चिम नेपाल भर सांगितिक माहोल तताउने एउटा युबाको नाम हो संजोग बस्नेत । युबाहरु माझ निक्कै चर्चित डिजे बिधामा पारगंत संजोग युबा पिढिहरुका लागि चर्चित नाम हो ।

२०५३ सालमा बाबु ज्ञान बहादुर बस्नेत अनि आमा उर्मिला बस्नेतको कान्छो छोराको रुपमा दाङको नारायणपुरमा जन्मेका संजोग पछिल्लो समय डिजे संजोगको रुपमा पश्चिम नेपाल मै चर्चित छन । युबाहरुले आयोजना गर्ने हरेक कार्यक्रमहरुमा विशेष आग्रह अनुसार आफ्नो प्रस्तुती राख्ने संजोगले डिजे कार्यक्रम आधुनिक युबाहरुको ढुकढुकी भएको बताउछन । “ रिमिक्स अनि पप संगितमा झुमेर नाच्न सिकाउने संगित नै डिजे संगित हो । यस्ले पुरानो या नयाँ जुनसुकै संगितलाई पनि आफ्नो उचाई सम्म पुर्‍याउछ । “ डिजे संजोगले बताए ।

२०६८ सालमा फस्ट डिभिजनमा एस एल सि पास गरेपछि बुबा आमाको सपना डाक्टर या ईन्जिनियर बनाउने थियो तर संगित प्रती सानै देखि लिप्त संजोगले पढाईलाई निरन्तरता दिएपनि आफ्नो छुट्टै सपना बुने जो थियो डिजे बन्नु ।

“ घरमै डिजे संगित सुन्दा होस या क्लब पार्टीहरुमा सामेल हुदा बज्ने डिजे गित अनि त्यसमा कम्मर मर्काउने आधुनिक युबाले गर्दा होस , मलाई डिजे सिक्नु रहर बन्दै गयो अनि पढाईलाई निरन्तरता दिदै डिजे सिक्न थाले । “ संजोगले त्यतिबेलाको अबस्था सम्झिदै भने ।
उनले डिजे सिक्दै गर्दा काठमाण्डौ लगायतका ठुला शहर बाहेकका ठाउँ हरुमा डिजेको बारेमा थाहा नै थिएन । बाबू आमालाई आफ्नो सपना बारे सुनाउदा उहाँ हरु निक्कै रिसाएको उनी बताउछन ! “ पढाईमा अब्बल छोरो उच्च शिक्षाको लागि अरु कुनै बिषय रोज्ला भन्ने बेला संगितमा लाग्ने रुचि देखाउदा बाबा मम्मी निक्कै आत्तिनु भएको थियो । तर आज मैले देखाएको सफलतालाई देखेर खुशी हुनुहुन्छ । “ संजोगले बताए ।

२०७२ सालमा डिजे सिक्न दुबई गएका उनले डिजे सम्बन्धी अन्तराष्ट्रीय कोर्ष समेत उतै बाट गरेर आएका छन । डिजे युबाहरु माझ लोकप्रीय भएपनी यसले अझै सम्म सम्पुर्णलाई समेटन नसकेको उनको बुझाई छ । “ हामी रिमिक्स गित अनि युबा युवती भएर नाच्ने गितलाई अझै अश्लिल तरिकाले हेर्ने गर्दछौ । तर बिश्वब्यापी रुपमा हेर्ने हो भने डिजे गितमा हरेक उमेर समुहका मान्छे झुम्छन , नाच्छन अनि बल्ल डिजेको महत्व झल्किन्छ । अरु देशको तुलनामा नेपालमा डिजे बिधा निक्कै पछाडी छ । “ संजोगले बताए ।

परिवर्तनशिल समय अनुसार डिजेको माग बढदै जानू अनि आधुनिक युबायुबती डिजेमा झुम्दै नाच्न रहर गर्दा पनि डिजे संगितको भबिष्य निर्धारण हुँदै जानू हो भनेर स्विकार्छन संजोग । “ हिजो काठमाण्डौका क्लब र पाँच तारे होटलहरुमा मात्र सिमित डिजे आज हरेक क्षेत्रमा आयोजना हुने कार्यक्रममा आमन्त्रीत हुन्छन यो नै डिजे प्रतिको युबा चासो हो । आजभोली मोफसलमा आयोजना हुने हरेक कार्यक्रममा डिजेलाई निमन्त्रणा गरेर आफ्नो प्रस्तुती राख्न लगाईन्छ , यस्तो देख्दा खुशी लाग्दछ । “ संजोगले बताए ।

पश्चिम नेपालमै यतिबेला दाङका एक्ला डिजे संजोग युबायुबतीहरु माझ ढुकढुकी बनेर बसेका छन । यहाँ आयोजना हुने हरेक सांगितिक कार्यक्रमहरुमा संजोगको उपस्थितीका लागि हुटिङ नै हुने गरेको आयोजकहरु बताउछन ।