यसरी टुक्राइदैछ लुम्विनीलाई - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

यसरी टुक्राइदैछ लुम्विनीलाई



हरिप्रसाद भुसाल / असोज ८, अर्घाखाँची

सरकारले अन्तत लुम्विनी टुक्राउने प्रस्ताव अगाडी सारेको छ । मधेशी दलहरुलाई मनाउने क्रममा लुम्बिनी अञ्चलका जिल्लाहरु अर्घाखाँची, पाल्पा र गुल्मीलाई प्रदेश नं. ५ बाट हटाएर प्रदेश नं. ४ मा लैजानेगरी नयाँ प्रस्ताव सरकारले तयार पारेको छ ।

मधेसी मोर्चालाई सम्बोधन गर्ने प्रयासमा अर्को साता संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गर्ने गरी संशोधन प्रस्तावको मस्यौदा सरकारले तयार गरिसकेको छ ।

सरकारले हाल भएको सात प्रदेशलाई कायमै राखेर केही सीमांकन हेरफेरको प्रस्ताव पनि तयार पारेको छ । संविधान संशोधनको प्रस्तावमा तीनवटा प्रदेश ४, ५ र ६ को सीमांकन फेरबदल गर्ने उल्लेख छ ।

जसअनुसार अहिले ५ नम्बरमा प्रदेशमा भएका केही जिल्लालाई प्रदेश नम्बर ४ र ६ मा गाभिनेछ । र, प्रदेश नम्बर ५ नवलपरासीदेखि बर्दियासम्मको हुनेछ । हाल नलवपरासीको आधा भाग प्रदेश नम्बर ४ मा छ, जसलाई अब ५ मा राख्ने प्रस्ताव छ ।

हाल प्रदेश नम्बर ५ मा रहेका गुल्मी, अर्घाखाँची र पाल्पालाई भने प्रदेश नम्बर ४ मा लैजाने प्रस्तावमा उल्लेख छ । यस्तै हाल प्रदेश नम्बर ५ मा रहेको प्युठान र रोल्पा प्रदेश नम्बर ६ मा गाभिनेछ भने हाल प्रदेश नम्बर ४ मा रहेको आधा रुकुम प्रदेश नम्बर ६ मै जानेछ ।

अनलाईनखवरको सहयोगमा प्रकाशित