मेलम्ची सुरुङमा सुन भेटियो - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

मेलम्ची सुरुङमा सुन भेटियो



हिमाल पोष्ट / मेलम्ची, १७ मङ्सिर । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्ग रहेको अम्बाथानमा ड्यामको डिस्को खन्ने क्रममा सुनखानी भेटिएको अनुमान गरिएको छ ।

ड्याम मर्मत केन्द्रमा सुनजस्तै देखिने धातु भेटिएपछि काम भइरहेको ठाउँमा काम रोकेर हेर्नेको भीड लागेको थियो ।

हेलम्बु गाविसका सचिव नारायण पौडेलले काम गरिरहेको ठाउँमा सुन जस्तै धातु भेटिएको प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाललाई जानकारी गराएको पौडेलले बताउनुभयो । केही समयको हल्लापछि त्यस ठाउँलाई सेनाले आफ्नो नियन्त्रणमा लिएको थियो । अहिले सेना र प्रहरीले त्यस क्षेत्रलाई घेराबन्द गरी पहरा दिइरहेको छ ।

नेपाली सेना मेलम्चीका प्रमुख सेनानी विक्रम राणाले ड्याम मर्मत गर्ने ढिस्को कटिङ गर्दा सुनजस्तो देखिने धातु फेला परेको र परीक्षणका लागि आज खानी तथा भूगर्भ विभागमा पठाइएको जानकारी दिनुभयो ।

सुन जस्तो अनौठो धातु फेला परेपछि ड्याम निर्माणका लागि ढिस्को कटिङ गर्ने कार्य रोकिएको छ । फेला परेको धातुको नमुना सङ्कलन गरी स्थानीय, प्रहरी, सेनाको उपस्थितिमा स्थानको मुचुल्कासहित राजधानीमा खानी तथा भूगर्भ विभागमा प्राविधिक जाँच गर्न पठाइएको छ ।

प्रारम्भिक परीक्षणबाट भेटिएको धातु परीक्षणका लागि मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले काठमाडौँ पठाएको सुरक्षा निकायले जानकारी दिएको छ ।

उक्त धातु सुन नै हुनसक्ने आशङ्का गरिएको छ । रासस