मनिशराज शाहको अध्यक्षतामा ‘लियो क्लब गठन - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

मनिशराज शाहको अध्यक्षतामा ‘लियो क्लब गठन



काठमाडौंः लियो जिल्ला परिषद ३२५ बी २ को काठमाडौं क्षेत्रमा नयाँ लियो क्लबको स्थापना भएको छ । मनिशराज शाहको अध्यक्षतामा ‘लियो क्लव अफ काठमाडौं निरभाना’ स्थापना भएको हो । क्लबको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः जगन्नाथ पोख्रेल, मन्दिरा थापा र किरण लामा चयन भएका छन् । त्यस्तै क्लबको सचिवमा प्रतीक लम्साल तथा कोषाध्यक्षमा अस्मिता तिवारी चयन भएको हो । लायन्स क्लब अफ काठमाडौं निरभाना अन्तर्गत उक्त क्लब गठन भएको क्लबका सल्लाहकार भोजराज न्यौपानेले जानकारी दिनु भयो । ६० जना युवा सदस्य भएको यस क्लबले ‘परिवर्तनका लागि समाजसेवा’ भन्ने मूल नाराका साथ शिक्षा स्वास्थ्य लगायत युवाको नेतृत्व विकासका क्षेत्रमा काम गर्नेछ ।