बिल्ला नम्बर ५७६ः कुख्यात अपराधी उदय सेट्ठीसँगै बालकृष्ण ढुंगेल - Himal Post Himal Post
  • ११ जेष्ठ २०८२, शनिबार
  •      Sat May 24 2025
Logo

बिल्ला नम्बर ५७६ः कुख्यात अपराधी उदय सेट्ठीसँगै बालकृष्ण ढुंगेल



काठमाडौं

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका माओवादी नेता तथा पूर्वसांसद बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागारको ‘ख’ ब्लकमा राखिएको छ ।

उनी अन्तराष्ट्रिय कुख्यात अपराधी उदय सेट्ठीसँगै थुनामा छन् । उदय अपहरणलगायत फौजदारी मुद्दामा जेलमा परेका हुन् ।

त्यतिमात्र नभई मंगलबारदेखि नै ढुंगेलले ‘ख’ ब्लकका जेलका नाइके टासी गुरुङको आदेश मान्नुपर्छ । टासी पनि अपहरण मुद्दामा परी जेल सजाय काटिरहेका कैदी हुन् ।

ढुंगेलको पहिलो रात भुईंमै वित्नेछ । उनले सुत्नका लागि अरु कैदिसरह खाट पाएका छैनन । बुधबार भने उनले खाट पाउन कारागार कर्मचारी स्रोतले जनाएको छ ।

उनलाई राखिएको ‘ख’ ब्लकमा १ सय २७ कैदीबन्दीका लागि एकल र संयुक्त खाटको ब्यवस्था छ । ‘अरुलाई खाटबाट हटाएर उनलाई खाटमा सुताउन नमिल्ने भएकाले मंगलबार उनी भूईंमै सुत्छन्’, कारागार स्रोतले भन्यो ।

कारागारको ‘क’ ब्लकमा भने जग्गा व्यवसायी सुधिर बस्नेतदेखि भ्रष्टाचार मुद्दामा जेल परेका पूर्व प्रहर महानिरीक्षकद्वय ओमविक्रम राणा र हेम गुरुङसहित ४ सय ४८ कैदी छन् । (राजधानी दैनिक)