बाराक ओबामाको रात्रिभोजमा परराष्ट्रमन्त्री डा प्रकाश शरण महत सहभागी हुने - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

बाराक ओबामाको रात्रिभोजमा परराष्ट्रमन्त्री डा प्रकाश शरण महत सहभागी हुने



न्युयोर्क, असोज ५ गते । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत अमेरिकी राष्ट्रपति बाराक ओबामाले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो । संयुक्त राष्ट्रसङ्घको ७१आँै महासभामा सहभागी हुन आएका विभिन्न मुलुकमा सरकारप्रमुख तथा राष्ट्रप्रमुखलाई अमेरिकी राष्ट्रपति ओबामाले रात्रिभोज दिने परम्परा रहँदै आएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका परराष्ट्रमन्त्री डा महतले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको शरणार्थी तथा आप्रवासीसम्बन्धी उच्चस्तरीय बैठक र जलवायु परिवर्तनसम्बन्धी बैठकमा भाग लिनुभयो ।

यसैगरी, परराष्ट्रमन्त्री डा महतले सार्क क्षेत्रका मन्त्रीहरुको अनौपचारिक बैठकमा भाग लिनुभयो । रासस