बसको ठक्करबाट झापामा दुईजनाको मृत्यु - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

बसको ठक्करबाट झापामा दुईजनाको मृत्यु



झापा, कात्तिक १ – पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–२ स्थित जुके कल्भर्टमा सोमबार बिहान भएको दुर्घटनामा दुईजनाको घटनास्थलमा नै ज्यान गएको छ ।

ज्यान जानेमा कनकाई नगरपालिका–३ का ५७ वर्षका तीलबिक्रम थेवे र ६० वर्षका अग्नि भेटवाल रहेका छन् । पूर्वबाट पश्चिमका लागि छुटेको को १ ख ३५९६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मे ५ प ३८५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै ज्यान गएको भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो ।

थेवे र भेटवाल मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ । रासस