बलिवुड नायिकाको नाङ्गो तस्बिर सार्वजनिक सामाजिक संजालमा भाइरल - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

बलिवुड नायिकाको नाङ्गो तस्बिर सार्वजनिक सामाजिक संजालमा भाइरल



मुम्बई । बलिवुड नायिका राधिका आप्टेको आउँदै गरेको फिल्म ‘पाच्र्ड’मा रहेका केही न्यूड दृश्य लिक भएका छन् । राधिकाका न्यूड तस्बिरहरू अहिले इन्टरनेटभरि भाइरल भएका छन् । जसका कारण बलिउडमा हंगामा नै मच्चिएको छ ।

एउटा सिनमा राधिका आप्टेले कलाकार आदिल हुसैनसँग लवमेकिंगको भूमिकामा देखिएकी छिन् । तस्बिरमा राधिका आप्टे न्यूड छिन् । फिल्ममै राधिका कलाकार तनिष्ठा चटर्जीसँग पनि न्यूड अवस्थामा देखिएकी छिन् ।

अजय देवगनको प्रोडक्शनमा बन्दै गरेको फिल्म ‘पाच्र्ड’लाई लीना यादवले निर्देशन गरिरहेकी छिन् । यस फिल्ममा सुरवीन चावला पनि छन् । फिल्मका प्रोड्यूसर असीम बजाज हुन् ।

बजाजले फिल्मको न्यूड सिनलाई हटाउनका लागि मुम्बईको साइबर सेल पुलिससँग आग्रह गरिने जनाएका छन् ।

– एजेन्सीको सहयोगमा