बन्दले जनजीवन प्रभावित आज पनि रुपन्देही ठप्प - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

बन्दले जनजीवन प्रभावित आज पनि रुपन्देही ठप्प



तिलक सुवेदि,

बुटवल, २  पुस । सरकारले संसदमा  दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता हुनुपर्ने मागसहित आन्दोलनरत प्रमुख विपक्षी दल नेकपा (एमाले) सहितका पार्टीले आव्हान गरेको तीनदिने आम हडतालले आज दोस्रो  दिन पनि  पूर्णरुपले प्रभावित रहेको छ ।

बन्दक कारण जनजीवन भने प्रभावित बनेको छ । आमजनताको गुनासो भने बन्द भन्दा अरुनै विकल्प खोजे राम्रो हुने बताएका छन् । पहिला सात दिन बन्द भयो त्यसकै ऋण तिर्न दिनरात मेहेनत गर्दै थियौ फेरी बन्द भयो इ-रिक्सा  चालक भीमबहादुर थापाले  गुनासो गरे ।
बन्दका कारण रुपन्देहीका प्रमुख ठूला सहर बुटवल तथा भैरहवा लगायत ग्रामीण क्षेत्रका बजार पूर्णरुपमा ठप्प रहेका छन् ।

आमहडतालमा यातायात, उद्योग व्यवसाय, वित्तिय संस्था, शैक्षिक संस्था पूर्ण बन्द रहेका छन् । बिहानैदेखि बन्दकर्ताले राजमार्गलगायत भित्री सडकमा समेत नारा जुलुस गरेका छन ।

उनीहरुले एम्बुलेन्स, शव बाहन, प्रेस, विवाह, पर्यटक, दूध बोकेको सवारीलाई निर्वाध चल्न दिने बताएका छन् । तर एम्बुलेन्सको दुरुपयोग रोकेर छानबिन गर्नुपरेको बताएका छन् ।