प्रभावकारी अध्यक्षता तथा संसदीय बैठक प्रणाली सम्बन्धी टीकापुरमा तालिम हुने

लोकेन्द्र रावल /टीकापुर
नेपाल जेसीजको सहयोग तथा टीकापुर जेसिजको आयोजनामा यहि चैत्र १५ गतेदेखि प्रभावकारी अध्यक्षता तथा संसदीय बैठक प्रणाली सम्बन्धी दुईदिने तालिम हुने भएको छ ।बुधबार टीकापुर जेसीजले पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा टीकापुर जेसीज २०१९ का अध्यक्ष जेसी गणेश वहादुर साउँदेले दुईदिने तालिमको नेपाल जेसीज वर्ष २०१९ का चिफ पाइलट जेसी राजाबाबु शाहाले दिनु हुने बताउनुभयो । अध्यक्ष साउँदले यो तालिममा जन प्रतिनिधि,संघसंस्थाका पदाधिकारी, कर्मचारीहरुले सहभागिता लिन पाउने जनाउनु
भएको छ । अध्यक्ष साउँदले तालिमका विशेषताका बारेमा पनि बताउनु भएको थियो ।
यो तालिममा १ सय जनाको सहभागिता रहने लक्ष्य रहेको बताउँदै उहाँले रष्ट्रिेशन शुल्क प्रति व्यक्ति रू. १ हजार पाँच सय रहेको बताउनु भयो । कार्यक्रमको संचालन टीकापुर जेसीज वर्ष २०१९ का महासचिव जेसी तपेन्द्र स्वाँरले गर्नुभएको थियो ।

