प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा राजकीय सम्मान - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा राजकीय सम्मान



३१ भदौ, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजकीय सम्मान दिइएको छ ।

राष्ट्रपति भवनमा बसेका प्रधानमन्त्री प्रचण्डलाई शुक्रबार विहान गार्ड अफ अनर प्रदान गरिएको छ । प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

prachandia_india visitअब प्रधानमन्त्री प्रचण्ड महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धान्जली अर्पण गर्ने कार्यक्रम छ । चार दिने भारत भ्रमणका क्रममा बिहीबार दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले आज उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले आज भारतीय समकक्षी मोदीका साथै राष्ट्रपति प्रणव मुखर्जी लगायतलाई भेट्नेछन् ।

तस्वीरः विकास स्वरूप