प्रधानमन्त्री दाहाल ३ दिने भारत भ्रमण गर्ने - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

प्रधानमन्त्री दाहाल ३ दिने भारत भ्रमण गर्ने



काठमाडौं, भाद्र ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही भाद्र ३० गतेदेखि ३ दिने भारत भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री दाहालको यही इच्छा अनुसार भ्रमणका क्रममा कुनै ठूलो परियोजनामा सहयोगको सम्झौता हुने अपेक्षा गरिएको छ ।

भुकम्प पीडितलाई यसअघिको केपी ओली नेतृत्वको सरकारले दुई लाख रुपैयाँ दिने निर्णय गरेकोमा नयाँ सरकारले तीन लाख दिने निर्णय गरेको थियो । यसमा आवश्यक पर्ने थप एक लाख रुपैयाँ भारतसँग सहयोगको लागि आग्रह गरिने भएको छ ।

उपप्रधानमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणको क्रममा नेपाली र भारतीय अधिकारीहरुबीच प्रधानमन्त्री दाहालले भदौ ३० र ३१ गते उच्चस्तरीय भेटघाट गरेर असोज १ गते फर्कने गरी भ्रमण तय भएको हो ।