पूर्वआईजीपी अर्यालविरुद्ध मुद्दा दर्ताको तयारी - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

पूर्वआईजीपी अर्यालविरुद्ध मुद्दा दर्ताको तयारी



पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याल र शान्ति मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ ।

आयोग स्रोतका अनुसार उनीहरूको बयान सकिसकेको छ भने आरोप पत्र तयार गरी मुद्दा दायर गर्न मात्र बाँकी छ ।

‘अब मुद्दा दर्ताका क्रममा केही बुझ्न आवश्यक भए मात्र बोलाइन्छ नत्र मुद्दा जान्छ,’ अख्तियारका एक अनुसन्धान अधिकृतले राजधानीसँग भने ।३ फागुन २०७३ मा प्रहरी प्रमुखबाट अवकाश पाएका अर्याललाई अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले प्रारम्भिक छानबिन थालेको थियो ।

अख्तियार स्रोतका अनुसार अर्याललाई सम्पत्ति विवरणसम्बन्धी १३ पानाको फारमसमेत भराइएको थियो । उनले भरेको सम्पत्ति विवरण र आयआर्जनको कारण फरक परेपछि बयानका लागि बोलाइएको थियो ।, यो खबर आजको राजधानीबाट लिएको हो ।