पागल लेखेको स्टिकर निधारमा टाँसेर लेखक संग्रौला सडक आन्दोलनमा - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

पागल लेखेको स्टिकर निधारमा टाँसेर लेखक संग्रौला सडक आन्दोलनमा



४ भदौ, काठमाडौं । डा. गोविन्द केसीले थालेको सडक आन्दोलनमा शनिबार लेखक खगेन्द्र संग्रौला देखिए । डा. केसी र उनका समर्थनले शनिबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनमा पागल लेखेको स्टिकर निधारमा टाँसेर लेखक संग्रौला सहभागी भए ।

उनले सहभागीहरुलाई सम्बोधन गरे । उनले भने, ‘लोकमानले आफ्नो क्षेत्राधिकार नाघेर लोकतन्त्रमाथि नै प्रहार गरिसक्दा र जनस्तरबाट आवाज उठ्दा पनि जसले लोकमानलाई लोकमान बनाए, तीनको छानविन गर्न संसदमा किन छलफल नगरिएको ? कुन स्वार्थ वा भयले नगरिएको हो ?’

उनले अघि भने, ‘हाम्रो प्रश्न लोकमानसँग होइन, लोकमानलाई लोकमान बनाउनेसँग हो । संसदमा ६०१ सांसद छन् । हामीले तिरेको करबाट तीनको जीवन चलेको छ र पेटमा बोसो लागेको छ । सांसदहरुको काम विधिको निर्माण गर्ने हो ।’

लेखक संग्रौलालले निरंकुश शाहीतन्त्रका गोटीहरुलाई श्रीपाँच बनाउनेहरुको अनुहार जनतालाई देखाउने बताए ।