नेपाली काँग्रेस तेस्रो चरणको चुनावबाट पहिलो शक्तिका रुपमा अगाडि आउने यस्तो रणनीति - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

नेपाली काँग्रेस तेस्रो चरणको चुनावबाट पहिलो शक्तिका रुपमा अगाडि आउने यस्तो रणनीति



काठमाडौं ,असार ६ ।

नेपाली काँग्रेसले तेस्रो चरणको चुनावबाट पहिलो शक्तिका रुपमा अगाडि आउने रणनीति बनाएको छ ।

असोज २ को स्थानीय तह तेस्रो चरणको चुनावलई लक्षित गरी बोलाएको २ नम्बर प्रदेशको भेलाबाट यस्तो निश्कर्ष निकालिएको हो ।

काठमाडौंको बानेश्वरमा रहेको एक पार्टि प्यालेसमा भइरहेको भेलामा सहभागीहरुले टिकट वितरण र उमेद्बार छनौटमा ध्यान पुर्याउन सके संभव हुन सक्ने बताए ।

दुई चरणका चुनाव सकिँदासम्म काँग्रेस एमालेभन्दा ५० स्थान अगाडि छ । अब हुने निर्वाचनमा एमालेलाई २० सिटमा सिमित गरेर एक सय सिट जित्ने काँग्रेसको लक्ष्य छ ।

भेला सुभारम्भ गर्दै नेता बिमलेन्द्र निधिले २ नम्बर प्रदेशमा एक सय सिट जित्न सकिने बताएका थिए । भेलामा प्रदेश नम्बर २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापतिहरु सहभागि छन् ।

भेलामा सहभागीले दुई नम्बर प्रदेशको चुनाव कांग्रेसको लागि प्रतिष्ठाको विषय भएको बताएका छन् । पार्टीभित्रकै गुट उपगुटका तथा अन्य प्राविधिक कारण मिलाए तेस्रो चरणको चुनावमा कांग्रेस बलियो शक्तिको रुपमा उद्य हुने भएकाले यसतर्फ ध्यान दिन सहभागीले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।