नेकपा एमालेले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

नेकपा एमालेले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी



७ भदौ, काठमडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी गरेको छ ।

एमाले नेताहरुले मंगलबार विपक्षी दलहरुको बैठक बोलाएर कार्यगत एकता गरेर अघि बढ्नेबारे छलफल गरेका छन् । सिंहदरवारमा भएको छलफलमा एमाले, राप्रपासहितका सात दलका नेताहरुको सहभागिता थियो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नदिने परिस्थिति आउन सक्ने भन्दै देशलाई जोगाउन एकतावद्ध हुनुपर्ने बताए । संविधान कार्यान्वयनका लागि अघिल्लो सरकारले ल्याएको कार्ययोजनालाई नयाँ सरकारले बेवास्ता गरेको विपक्षी दलहरुको आरोप छ ।

विपक्षी दलहरुको बैठकमा सरकारले गर्ने भनिएको संविधान संंशोधनबारे पनि छलफल भएको छ । बैठकमा सहभागी नेताहरुले मधेसमा खासै समस्या नभएको भन्दै कसैका लागि संविधान संशोधनमा सहभागी हुन नसकिने बताए ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘हिजो अन्तिमसमयसम्म सरकारमा भएका दलहरुलाई बोलाएका थियौं । संविधान संशोधन, स्थानीय निकाय लगायतका विषयमा छलफल भएको छ ।’

onlinekhabar