नवलपरासीमा दुईवटा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु । - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

नवलपरासीमा दुईवटा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु ।



रबिन्द्र यादव, कार्तिक १ नवलपरासी ।

नवलपरासीको प्रतापपुर गाउँ विकास समिति वार्ड नम्बर १ खैरहनी मा गएराती नौ बजे दुईवटा मोटरसाइकल एक अापसमा ठोकिदा जमुनिया वार्ड नम्बर चार सेमरी बस्ने बर्ष २३ का उमेश चापागाईं गम्भीर घाइते भएपछि सहिद सामुदायिक अस्पताल चौपातामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारी का प्रहरी निरीक्षक महेश्वर प्रसाद उपाध्यायले जानकारी दिनु भएको छ । सेमरी बाट बेलाटारी जाँदै गरेको लु २० प ४४९८ नम्बरको मोटरसाइकल लाई विपरीत दिशा बाट अाउदै गरेको युपी ५६ एच ५१४१ नम्बरको मोटरसाइकल खैरहनी पुलमा एकअापसमा ठोकिएको थियो । विपरीत दिशा बाट अाउदै गरेको भारतीय प्लेट नम्बरको चालक बर्ष २२ का प्रतापपुर-८ अठलही बस्ने कपिलदेव चौधरी फरार रहेको छ भने मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । नवलपरासीको त्रिबेणी क्षेत्रमा दिनहुजसो सडक दुर्घटना हुँदै रहदा यसलाई नियन्त्रण गर्न प्रहरी असफल हुदै गइरहेको देखिन्छ ।