दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन पुनःचर्किने - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन पुनःचर्किने



दार्जिलिङ, ७ भदौ– भारत पश्चिम बंगालको दार्जिलिङमा गोर्खाल्यान्ड टेरिटोरियल एडमनिस्ट्रेसनको नेतृत्व गरिरहेको दल गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले गोर्खाल्यान्ड आन्दोलनका लागि तयार रहन सर्वसाधारणलाई आह्वान गरेपछि दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन पुनः चर्किने सम्भावना बढेको छ ।

 

गुरुङले ‘ब्याक टू एजिटेसन’ भन्दै दार्जिलिङका नेपाली भाषी गोर्खालीलाई आन्दोलनमा उत्रनका लागि तयार रहन भनेपछि त्यहाँ पुनः आन्दोलनको सम्भावना बढेको हो ।

असोजमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट गोर्खाल्यान्ड मुद्धालाई सहानूभुतिका साथ हेर्ने आश्वासन पाएपछि स्वायत्त राज्य गोर्खाल्यान्डको माग माग गर्दै दुई महिनादेखि जारी पदयात्रा रोकेर चुपचाप बसेका गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष गुरुङले आन्दोलनका लागि तयार रहन आग्रह गरेपछि दार्जिलिङ पहाडमा हलचल मच्चिएको छ । अन्नपूर्ण पोस्टबाट