त्रिशुली नदीमा ट्रक खस्यो, दुईको मृत्यु - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

त्रिशुली नदीमा ट्रक खस्यो, दुईको मृत्यु



२१ भदौ, चितवन । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ट्रक आज बिहान त्रिशुली नदीमा खस्दा दुर्इकाे मृत्यु भएको छ ।

Bus-Accident-File-Photo

फाइल फोटो

बिहान पाैने चार बजे पृथ्वीराजमार्गअन्तर्गत दारेचोक–७ चुमखोलाबाट ट्रक  त्रिशूलीमा खसेको हो । दुईजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना ३ ख ९९०३ नंको ट्रक त्रिशूलीमा खसेको हो । मृतक अन्दाजी २८ र ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन ।

घाइते बारा जिल्लाको कलैया नगरपालिका–२ का २० वर्षीय रामबली प्रसाद र बाराकै बलरामपुर बस्ने २५ वर्षीय भुवनदेव साह छन् । दुवै घाइतेको उपचार कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा भइरहेको छ ।