ठक्करबाट एकजनाको मृत्यु, एक घाइते - Himal Post Himal Post
  • ९ मंसिर २०८०, शनिबार
  •      Sat Nov 25 2023
Logo

ठक्करबाट एकजनाको मृत्यु, एक घाइते



इनरुवा, ९ पुस । सुनसरीमा शनिबार ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा बबिया–७ की सरस्वती शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बबियाबाट हरिनगरातर्फ गइरहेको को१८प ७४०४ नंको मोटरसाइकललाई भुटाहाबाट इनरुवातर्फ आइरहेको ना५ख २५६८ नंको ट्रकले ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार शर्माको मृत्यु भएको हो भने मोटरसाइकल चालक धनेश्वर शर्मा घाइते भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

जल्पापुर र रामनगरभुटाहाको बीचमा रहेको मरिया खोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । रासस