जापानमा एक नेपालीले उत्कृस्टअवार्ड पाए - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

जापानमा एक नेपालीले उत्कृस्टअवार्ड पाए



डिल्लीराज घिमिरे 
नेपालको पश्चिमको लुम्बिनी अंचलमा पर्ने अर्घाखाँची जिल्ला  निबासी शक्ति पिसी (पिएचडी ) ले जलवायु र जलस्रोत विषयमा उत्कृष्ट अनुसन्धान गरे वापत जापानमा उत्कृस्ट अवार्ड पाएका छन् ।
नेपालीहरु बिदेशमा छरिएर बसेका छन् र विभिन्न पेसामा आबद्द भएको कुरा त सर्बबिबित नै छ । बेला बेला बिदेशमा रहे पनि आफ्नो मान-सम्मान एवं नेपालकै सिर ठाडो पार्ने कामहरु पनि गरिरहेका हुन्छन । यसै सिलसिलामा एक नेपाली अनुसन्धान कर्ताले  यहि मिति १६ सेप्टेम्बर, २०१६ का दिन जापानमा Young Author Excellent Article Award(論文奨励賞)पाएका छन् ।
यो अवार्ड बितेका बर्षहरुमा जापानको जलबायु र water resources मा कसले नयाँ बिषय र त्यसको बारेमा राम्रो अनुसन्धान देखायो र कसरि राम्रो योगदान दियो भनेर खोजि गरि छान्ने गरिन्छ ।यसपाली एक नेपाली ले पाएका छन् यी अनुसन्धानकर्ता नेपालको सन्धिखर्क नगरपालिका अर्घाखाँची निबासी  शक्ति पिसी (पिएचडी ) हुन ।  पिसीले सन् २०१०-२०१३ मा जापानको Univerity of Tsukuba, Tsukuba बाट PhD सकेका थिए । आफ्नो PhD मा पहाडहरुमा पर्ने बर्षाको मापन नया बिधि (X-band polarimetric radar) प्रयोग गरि कसरि सहि तरिकाले मापन गर्न सकिन्छा भन्ने बिषयमा अध्यायन गरेका थिए ।  शक्ति पी. सी.आफ्नो Phd पुरा गरे लगत्तै जापानकै एक प्रतिष्ठित अनुसंनधान केन्द्र ”National Research Institute for Earth Science and Disaster Resilience(NIED), Tsukuba” मा अनुसन्धान कर्ताको रुपमा कार्यरत छन् ।
पी. सी. को अनुसन्धान फिल्ड मौसम तथा जलबायु विज्ञानमा आधारित छ । जापानमा बिशेष गरि शहरी क्षेत्रमामा हुने अत्यधिक वर्षा र बाढी आउने समयको जानकारी तथा पुर्बानुमनको काममा संलग्न छन् ।
जापानमा जलबायु र water resources समन्धी अनुसन्धान गर्ने एउटा प्रतिष्ठित समाज छ जसमा जापानमा विभिन्न तहमा यस समन्धी संलग्न प्रतिष्ठित विज्ञहरु छन् र जापानको विभिन्न ठाउमा, छरिएर रहेका विभिन्न सरकारी,बिस्वबिधालय, निजि कम्पनि तथा अनुसन्धान केन्द्रमा आबद्द हुदै नियमित रुपमा अनुसन्धान गरिरहेका हुन्छन र यी सबैलाइ एउटै समाजमा जोड्ने काम ”Japan Society of Hydrology Water Resources” हो । यसले प्रत्येक बर्ष जापानको विभिन्न शहरमा सबैलाई जम्मा गरि के के प्रगति भयो भनेर बार्षिक मिटिंग गर्ने गर्दछ ।
यो वर्षको कार्यक्रम फुकुशिमा भन्ने ठाउमा यहि 15-१७ सेप्टेम्बर समयमा सम्पन्न हुदै छ । यो अवार्ड पाएका शक्ति पी. सी. अवार्ड पाउदा सन्तुस्ट देखिएका छन् । उनी भन्छन यसरि अवार्ड पाउदा भाबी नेपाली अनुसन्धान कर्ताहरु पनि अवसर पाए भने राम्रो गर्न सक्छन भन्ने एउटा बाटो देखाएको छ र यो अवार्ड ले आउदा दिनहरुमा पनि अझै राम्रो अनुसन्धान गर्ने प्रेरणा मिल्नेछ ।