चलचित्र नफ़क्रिएका फूलहरु को ट्रेलर सार्बजनिक - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

चलचित्र नफ़क्रिएका फूलहरु को ट्रेलर सार्बजनिक



ful

रुपन्देहि , १९ पुस-शैक्षिक बिषय वस्तु मा आधारित नेपाली कथानक चलचित्र नफक्रीएका फूलहरुू अब छिट्टै नै रिलिज को क्रम मा अघि बढिरहेको छ। बिष्णु भट्टराई को निर्देशन तथा दीपक श्रेष्ठ को कथा तथा सङ्गीत रहेको उक्त चलचित्र मा क्षितिज पछाइ,रोशन काफ्ले,ऐश्वर्या पाण्डे, सुरक्षा ज्ञवाली, बसन्ती थापा,दीपक श्रेष्ठ ,प्रिया भन्डारी,आरजु क्षेत्री,परमित कौर ,हरि पान्डे , अज्ञात पाल्पाली,आदित्य पान्डेय ,बाबुराम घिमिरे,गोमा लम्साल आदि कलाकार हरुको ससक्त भुमिका देख्न पाइन्छ भने उक्त चलचित्र रुपन्देही जिल्लाको विभिन्न स्थान हरु मा छायांकन गरिएको छ, दीपेश डी सी को छायांकन रहेको उक्त चलचित्र मा विद्यालय भित्र का गतीबिधी लाई समेटिएको छ भने क्षमता हुदा हुँदै पनि अवसर नपाएका र समाज मा नाच्ने गाउने कला लाई हेरीने नराम्रो दृस्ठिकोण लाई उजागर गरिएको छ। यदि कुनै बच्चा सङ्ग त्यस्तो कला छ भने अभिभावक तथा शिक्षक ले उसलाइ प्रोत्साहित गर्नु अति नै आवश्यक छ। र अहिले को समाज मा आफ्नो करियर धेरै बिधा बाट सुनिस्चित गर्न सकिन्छ । नाम र दाम दुबै कमाउन सकिन्छ भन्ने शन्देश दिने उक्त चलचित्र सबै विध्यार्थी,शिक्षक,अभिभावक हरुले हेर्नै पर्ने खालको छ। कला बाट पनि आफ्नो र देश को पहिचान जोगाउन सकिन्छ भन्ने नारा बोकेको उक्त चलचित्र करिब दुई वर्ष अघि देखि शूटिङ्ग सुरु भए पनि विविध कारण ले ढिलो हुन गए पनि अब एक देखि दुई महिना भित्र मै रिलिज हुने छ ।

 

 

https://www.youtube.com/watch?v=2EhdYdbbC0I