गायिका एलिना खनालको तीजको कोसेली “दाजु बहिनी ” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

गायिका एलिना खनालको तीजको कोसेली “दाजु बहिनी ” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

महिलाहरूको लागि हरितालिका तीज महत्त्वपूर्ण चाड हो। तीज आउन अब केही समय बाकीँ रहदा बजारमा विभिन्न किसिमका तीज गीतहरू दिन प्रर्ति दिन सार्वजनिक भैरहेका छन् यसै क्रममा उदयमान मिठो स्वरकी गायिका एलिना खनालले तीजको कोसेली “ दाजु बहिनी ” सार्वजनिक गरेकी छिन् ।

सर्जक कर्न सन्ज्याल को लय/ शब्दमा रहेको उक्त गीतमा गायिका एलिना खनाल र गायक जय देबकोटाको स्वर रहेको छ । बिहे पछि आफ्नो दाजु, बहिनी, जन्म दिने आमा बाबा र जन्म ठाउँलाई छोडेर पराई घर गए पछिको सम्झनालाई गीतमा कथा बनाईयको छ ।

यस्तै गीतको भिडियोलाई हरि नारायण चौधरीको छायाङ्कन प्रविन रेश्मी मगरको सम्पादनमा रबिन थापाको निर्देशन रहेको छ । भिडियोमा बिकिता घताने र नरेशवीर सिङको उत्कृष्ट अभिनय रहेको छ । गीत एलिना खनालको प्रस्तुतिमा रमसर मिडियाले बजारमा ल्याएको छ ।