क्षितिजको ‘माखे साङ्ग्लो’ गीत सार्वजनिक - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

क्षितिजको ‘माखे साङ्ग्लो’ गीत सार्वजनिक



अस्ट्रेलिया

करिब १० वर्ष देखि अस्ट्रेलियामा बस्दै आएका गायक क्षितिज सापकोटाले ‘माखे साङ्ग्लो’ गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन्। सापकोटा कै शब्द- संगीत रहेको उक्त गीतको म्युजिक भिडियोलाई रबिन्द्र बरालले निर्देशन गरेका हुन् ।दिप दाहालले सम्पादन गरेको उक्त भिडियोमा नग्मा श्रेष्ठ.पुष्प खड्का सँगै, मिलन र बसन्तको अभिनय रहेको छ।

२०६९ सालमा चितवन महोत्सवमा आधुनिक विधामा प्रथम भएका गायक सापकोटाले पोर्चुगल , अस्ट्रेलिया , नर्वे लगायतका देशमा समेत आफ्नो स्टेज प्रस्तुति दिएको बताए। केही हप्ता अगाडी युवराज चौलागाईको स्वरमा सार्वजनिक भएको गीत ‘किराना पसलमा’ समेत शब्द र संगीत सापकोटाले दिएका थिए। समय को अभाव र आफ्नो क्षेत्रको टिम समेत पाउन गाह्रो हुने हुँदा प्रवास बाट नेपाली संगीतमा काम गर्न केही चुनौती पूर्ण रहेको सापकोटा बताउछन। दशैँलाई लक्षित गरेर नयाँ गीत सार्वजनिक गर्न आगामी योजना रहेको सापकोटाले जानकारी दिए।