क्यान्सर रोगी विपन्न परिवारलाई परदेशीहरुको सहयोग - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

क्यान्सर रोगी विपन्न परिवारलाई परदेशीहरुको सहयोग



हरिप्रसाद भुसाल, कार्तिक १०, अर्घाखाँची

क्यान्सर रोगका कारण मृत्युको दोसाँधमा पुगेकी अर्घाखाँचीकी एक बालिकाको पविारलाई दैनीक उपभोग् सामग्री हस्तान्तरण गरिएको छ ।
मुखमा भएको अप्राकृतिक क्यान्सर रोग निको नहुने भएपछि समस्यामा रहेकी अर्घाखाँची जिल्लाको पाली निवासी अनिसा कुमालको लागि चामल, विस्तारा, लत्ताकपडा लगायतका सामग्री हिजो एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो ।
सानो उमेरमै क्यान्सरको पिडित बनेकी यी वालिकाको उपचार सम्भव नभएपछि डाक्टरले ै फिर्ता पठाएका थिए । अत्यान्तै कमजोर पारिवारीक अवस्थाका कारण परदेशीएका अर्घाखाँचीबासीहरुबाट संकलित रकमबाट सामान खरिद गरि हस्तान्तरण गरिएको हो । खासगरी समाजसेवी एवं अग्रज पत्रकार सहयोगी विसीको सक्रियतामा संकलित सामग्री हिजो घरमा नै पुगेर हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा नयाँ एफ.एम.का स्टेशन म्यानेजर हरिप्रसाद भुसाल, समाजसेवी राजु खड्का, पत्रकार नविन के.सी. लगायतको उपस्थिती रहेको थियो ।