केही समयमै प्रचण्ड देशद्रोही सावित हुनेछन् : विजुक्छे - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

केही समयमै प्रचण्ड देशद्रोही सावित हुनेछन् : विजुक्छे



भक्तपुर, कात्तिक १ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री पुष्पकमल दाहाल छिट्टै ‘देशद्रोही’ सावित हुने दाबी गरेका छन् !  रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेले प्रधानमन्त्री दाहालले मुलुकका लागि राम्रो काम गर्न नसकेको आरोप लगाए ।
उनले दाहाललाई नेपाली कांग्रेसले उपयोग गर्दै आएको र विगतका गल्ती सुधार गर्ने योजनामा रहेको दाबी पनि गरे ।
केही महिनाभित्रै सत्ताको नयाँ समीकरण देखिने उनको भनाइ थियो ।
अध्यक्ष बिजुक्छेले तोकिएको समयमा निवार्चन गर्न सरकार नै प्रतिबद्ध नभएको आरोप पनि लगाए ।
निर्वाचन आयोगले पनि सरकारले नै सहयोग नगरेको गुनासो गरिरहेको भन्दै उनले निर्धारि समयमा निर्वाचन नहुने दाबीसमेत गरे ।

Source : Onlinekhabar.com