काठमाडौंमा सम्बन्ध विच्छेदका धटना बढी - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

काठमाडौंमा सम्बन्ध विच्छेदका धटना बढी



काठमाण्डु, ६ भदौ-काठमाण्डुमा सम्बन्धविच्छेदका घटनामा वृद्धि भएको पाइएको छ ।

काठमाण्डु जिल्ला अदालतका अनुसार गत आव २०७२/०७३ मा सम्बन्धविच्छेदका दुई हजार चार सय ५१ मुद्दा लागत राखिएको थियो । त्यसमा एक हजार नौ सय ४१ फैसला भएका थिए । मुद्दा फछ्र्याट हुन ५१० बाँकी छन् ।

अघिल्लो आव २०७१/०७२ मा दुई हजार दुई सय ५६ मुद्दा लगत राखिएकोमा एक हजार ८१८ फैसला भएका थिए । सो अबधिमा ४३८ मुद्दा फछ्र्योट हुन बाँकी थिए । अघिल्लो वर्षको तुलनामा १९५ मुद्दा थप दर्ता भएको अदालतले जनाएको छ ।

सम्बन्धविच्छेदका घटना बढ्नुमा वैदेशिक रोजगारीका कारण प्रमुख मानिएको छ । अन्तरजातीय विवाह, अपरिपक्व मानसिकताबाट गरिने निर्णय, वैवाहिक असमझदारी, अर्थ अभावलगायत कारणले घटना बढेको पाइएको छ ।

रासस