एमालेको चियापानसंगै बदलियो राजनीतिक माहौल - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

एमालेको चियापानसंगै बदलियो राजनीतिक माहौल



kp३० असोज, काठमाडौं । प्रमुख प्रतिपक्षि एमालेको चियापान संगै नेपाली राजनीति माहौल बदलिएको छ ।

दशैं, तिहारलगायत राष्ट्रिय पर्वका अवसरमा अध्यक्ष केपी ओलीले गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा भेट भएका शीर्ष नेताहरूले संविधान कार्यान्वयन र संविधान संशोधनका मुद्दामा अबको राजनीतिक माहोल केन्द्रित हुने प्रस्ट सन्देश दिएका अाजको नयाँ पत्रिकामा समाचार छ ।

सत्तारुढ कांग्रेसका नेताहरूले एमालेसहितको सहमतिमा संविधान कार्यान्वयन र संशोधन प्रक्रिया अघि बढ्ने सन्देश दिएका थिए । एमाले नेताहरूले पनि मिलेर अघि बढ्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

अघिल्लो सरकारको नेतृत्व गरेकोबेला सम्बन्ध चिसिए पनि मधेसी मोर्चाका नेताहरु एमालेको चियापान कार्यक्रममा सहभागी भए ।

तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायत मधेसी नेताहरु चियापानमा सहभागी भएर एमाले नेताहरुसँग अबको राजनीतिक निकासबारे छलफलसमेत गरेका थिए ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, रामसपाका अध्यक्ष शरतसिंह भण्डारीलगायतका नेताहरु भने चियापानमा देखिएनन् ।

@onlinkhabar.com