उर्जामन्त्री जनार्दनको निर्देशनः विद्युत महसुल नतिर्नेको लाइन काट्नु - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

उर्जामन्त्री जनार्दनको निर्देशनः विद्युत महसुल नतिर्नेको लाइन काट्नु



१ भदौ, काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले विद्युत महसुस नतिर्ने ठूला १० उपभोक्ताको लाइन तीन दिनभित्र काट्न निर्देशन दिएका छन् ।

Janardan sharma Prabhakar (1)नेपाल विद्युत प्राधिकरणको ३१ औं बाषिर्कोत्सव कार्यक्रममा उर्जामन्त्रीले कार्यकारी निर्देशक आफैंलाई लाइन काट्न जान निर्देशन दिए । उनले भने, ‘तीन दिनभित्र यो काम हुनुपर्छ । कार्यकारी निर्देशक आफैं जानुहुँन्छ ।’

प्राधिकरणका अनुसार विद्युत बक्यौता ८ अर्ब पुगिसकेको छ भने प्राधिकरण घाटामा छ ।

हालै मात्र उर्जामन्त्री भएका शर्माले ठूला उपभोक्ताको लाइन नकाटेसम्म विद्युत चोरी नरोकिने बताए । आक्रामक रुपमा प्रस्तुत भएका उनले आफूले मौखिक निर्देशन दिएको र चाहिए सचिवले पत्र काट्ने बताए ।

आफू काम गर्न आएको भन्दै उनले घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याइछाड्ने बताए ।

जनयुद्ध कालमा ३५ हजार सेनाको कमाण्ड गरेर आएको भन्दै उनले ११ हजार कर्मचारी सम्हाल्न गाह्रो नभएको बताए । प्राधिकरण अन्तर्गत ११ हजार कर्मचारी छ ।

source :onlinekhabar