उपचार खर्च नभएपछि बिरामीद्धारा अस्पतालमै आत्माहत्या ! - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

उपचार खर्च नभएपछि बिरामीद्धारा अस्पतालमै आत्माहत्या !



काठमाण्डौं । उपचार खर्चको अभावमा दोलखाका विजय तामाङद्धारा शिक्षण अस्पताल महाराजगञ्जभित्रै आत्महत्या, खर्चको जोहो गर्न नसकेको परिवारको स्वीकारोक्ति ।
दुवै मिर्गौलाले काम नगरेपछि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका दोलखाका १९ वर्षीय विजय तामाङले आर्थिक अभावका कारण देखाउँदै अस्पताल परिसरमा नै आत्महत्या गरेका छन् ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालको झ्यालबाट हाम फालेर लामाले आत्महत्या गरेका हुन् । सोमबार राति अस्पतालकै तीन तलामाथिको झ्यालबाट लामा हाम्फालेका थिए । गंभीर घाइते भएका उनको शिक्षण अस्पतालमा नै उपचार भएको थियो । तर उपचार असफल भयो र मंगलबार लामाको मृत्यु भयो । लामाको शिक्षण अस्पताल महाराजगञ्जमा नै पोष्टमार्टम गरिएको छ । लामाले झ्यालबाट हाम्फाल्नु अघि सूसाइड नोट लेखेका थिए । उनको सूसाइड नोटमा आफ्नो बाँच्ने संभावना नरहेको उल्लेख छ ।
उनको सूसाइड नोटको व्यहोरो यस्तो छ –

प्रिय ममी
मलाई माफ गरी दिनु । म हजुरलाई दुख दिन चाहान्न । त्यसैले म यो झ्यालबाट हामफालेर आत्महत्या गर्दैछु । म मरेपछि मलाई यहाँ नजलाउनु होला । मलाई हजुरबुबा र हजुर मुमाकोमा लैजानु होला ।
विजय लामाले सूसाइड नोटमा अंग्रेजीमा आइ लब यु ड्याड लेखेका छन् ।
लामाको बाबुले आर्थिक अवस्था कमजोर रहेपनि खर्च बिस्तारी जोहो गरिरहेको बताए ।
एउटा बिरामीले अस्पतालको झ्यालबाट हाम फालेर आत्महत्या गर्नुमा अस्पताल प्रशासनको कमजोरी देखिन्छ । अस्पतालभित्र बिरामीको सुरक्षा गर्ने जिम्मेवारी अस्पताल प्रशासनको हो । तर यो घट्नाले शिक्षण अस्पताल विरामीको सुरक्षाप्रति जिम्मेवार नभएको बुझाउँछ