अर्घाखाँची प्रवासी समाज बहराइनले भब्य दशैं मनायो - Himal Post Himal Post
  • ८ आश्विन २०८०, सोमबार
  •      Mon Sep 25 2023
Logo

अर्घाखाँची प्रवासी समाज बहराइनले भब्य दशैं मनायो



yu1मिर प्रकाश पाण्डे ( बहराइन)

अर्घाखाँची प्रवासी समाज एवम् सुपादेउराली बचत खाता बहराइनले अाफ्नो नियमित बैठकको अवसर तथा बहराइनको छुट्टिको दिन शुक्रबार पारेर २०७३ सालको बिजया दशमी भब्यताका साथ संपन्न गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष युबराज के.सी को सभापतित्व एवम् सल्लाहकार पशुपति श्रेष्ठ र प्रमुख अतिथी अर्घाखाँची प्रवासी समाजका शुभचिन्तक तथा गायक आसिम महत को उपस्थितिमा महासचिव कमल घिमिरेको सन्चालनमा कार्यक्रम सुरु भएको थियो।

उक्त कार्यक्रममा उपस्थिति सम्पुर्ण जिल्ला बासिहरुले दशैंको शुभकामना आदान प्रदान गरे लगत्तै संस्थाका अध्यक्ष युबराज के.सीको हात बाट उपस्थिति जिल्ला बासिहरुलाईलाइ टिका तथा प्रसाद ग्रहण गर्नु भएको थियो । यसै अवसरमा अर्घाखाँची प्रवासी समाजले सम्पुर्ण जिल्लाका सदस्यहरुलाइ यस बषको दशैंको पवन अवसरमा सुपादेउराली बचत खाताका सयोजक एवम प्रवासी समाजका सचिव शिव थापाको बाट संस्थाको टिसर्ट हस्तान्तरण गरिएको थियो भने २०७३ सालको बिजया दशमी प्रवासमा रहेर पनि यसरी मनाउन पाउँदा जिल्ला बासीहरु खुशियालीमा संस्कृतिको जगेर्ना गर्नु पर्ने भन्दै अर्घाखाँचीमा नाचिने सराय नाच समेत प्रस्तुत गरिएको थियो ।

यस्तै विशेष अतिथी आसिम महतले अर्घाखाँची जिल्ला बासिलाइ शुभकामना ब्याक्त गर्दै यसरी नै हातेमालो गरि अगाडि बढ्न सुझाव दिदै अाफ्नो गुल्मी जिल्ला घर भएता पनि आफु हुर्के बढेको, पढेको जिल्ला अर्घाखाँची भएकोले आज सो कार्यक्रममा उपस्थिति हुन पाउँदा सारै खुशी लगेको बताउनु भएको थियो । अन्त्यमा उपस्थिति हुन नसक्नु भएका र दशैंमा घर बिदामा जानू भएका सम्पुर्णलाई अध्यक्ष के. सि ले बिजया दशमिको शुभकामना ब्याक्त गर्दै आउने दिनमा पनि यसरी जिल्ला बासी उपस्थिति भैइ दशैं मनाउन पाइयोस् भन्दै सो कार्यक्रम समापन गर्नु भएको थियो।