अर्घाखाँची खनदह रुपन्देही सम्पर्क सामाजले दर खुवाउने - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

अर्घाखाँची खनदह रुपन्देही सम्पर्क सामाजले दर खुवाउने



हरितालिका तीज नजिकदै गर्दा विभिन्न संघसस्थाले चेलीवेटीलाई दर खुवाउने प्रचलन अहिले नेपाली समाजमा ब्यापक रुपमा देख्न सकिन्छ ।त्यसैगरी अर्घाखाँची  खनदह रुपन्देही सम्पर्क सामाजले  पनि हिन्दु महिलाहरुको महान  चाड हरितालिका तीजको अवसर पारेर  यहि आउदो शनिबार भाद्र ४ गतेका दिन दर खुवाउने   कार्यक्रम राखेको छ ।

13935025_1579924095644158_3435348480453000019_nअर्घाखाँचीको खनदह गाविसबाट रुपन्देही र रुपन्देही जिल्लाको आसपासमा थाई अथवा अस्थाई रुपमा  बसोवास गर्दै आएका ,विभिन्न पेसामा संलग्नलाई समेटेर उक्त सस्थाको गठन गरिएको सस्थाका सदस्य दिनेश खनालले हिमाल पोष्टलाई जनाकारी दिनुभयो ।

दरखाने कार्यक्रम बिहान ११ बजेबाट बेलुका ६ बजेसम्म बुटवलको देवीनगरमा  रहेको भूपू सैनिकको  भवनमा रहने सस्थाका अध्यक्ष सुर्य खनालले बताउनु भयो  ।